२२ पुष, काठमाडौं । जोसे मोरिन्होको टिम टोटनह्याम इएफएल लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गलबार राति भएको सेमिफाइनलमा टोटनह्यामले ब्रेन्टफोर्डलाई २–० ले पराजित गरेर उपाधि नजिक पुगेको हो ।
८४ औँ मनिेटमा डासिल्भा सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा सीमित भयो । सन् २००८ मा चेल्सीलाई पराजित गरेर टोटनह्यामले लिग कपको उपाधि जितेको थियो ।












