Ad #144479

टोटनह्यामले झण्डै एक महिनापछि इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ ।

डिसेम्बर ६ पछि पहिलोपटक टोटनह्यामले शनिबार राति भएको खेलमा लीड्स युनाइटेडलाई ३–० ले पराजित गरेको हो ।

जितपछि १६ खेलबाट २९ अंक बनाएको टोटनह्याम तेस्रो स्थानमा पुगेको छ । १७ खेलबाट २३ अंकसहित लीड्स १२ औँ स्थानमा छ ।

लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा क्रिष्टल प्यालेसले शेफिल्ड युनाइटेडलाई २–० ले पराजित गर्दा ब्राइटन र वुल्भ्सले ३–३ को बराबरी खेलेका छन् ।