१७ पुष, काठमाडौं । म्यानचेस्टर युनाइटेडका एडिन्सन काभानीले एक लाख पाउण्ड जरिवानातिर्नु पर्ने भएको छ भने तीन खेलको प्रतिबन्ध पनि लागेको छ।
केही अवस्थामा अपमानजनक अर्थ लाग्ने स्पेनिस ‘फ्रेज’ सामाजिक सञ्जालमा पोस्ट गरेका कारण उनीमाथि तीन खेलको प्रतिबन्ध लागेको हो ।
३३ वर्षका काभानी गएको नोभेम्बर २९ मा साउथह्याम्पटनमाथि विजयी गोल गरेपछि सामाजिक सञ्जालमा पोस्ट गरेको सामग्रीलाई आपत्तिजनक ठहर भएको हो । उनले आलोचना भएपछि सो पोस्ट डिलिट गरे र माफी मागे ।












