Ad #144479

गुडिया शाह

१६ पुस, काठमाण्डौ। आगामी माघ १३ र १४ (जनवरी २६ र २७ तारिख) मा काठमाण्डौमा ‘नेपाल ओपन इन्टरनेसनल भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’ प्रतियोगिता आयोजना हुने भएको छ । सो प्रतियोगिता कोटेश्वोर तेक्वान्दो डोजाङ हलमा आयोजना हुने भएको छ ।

कोटेश्वोर तेक्वान्दो डोजाङ ,स्युचाटार तेक्वान्दो डोजाङ,मुलपानी तेक्वान्दो डोजाङ, बाल गिताञ्जलि स्कुल ,मोर्निंग ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङ को संयुक्त आयोजनामा हुन लागेको निर्णायक अशोक खड्काले जानकारी दिनुभयो। प्रतियोगितालाई नेशनल स्पोर्ट्स काउन्सिल र नेपाल तेक्वान्दो एसोसेशनले पनि सहयोग गर्ने भएको छ।

प्रतियोगितामा सहभागी हुन जनवरी २० तारिखसम्म रजिस्ट्रेसन गरिसक्नुपर्ने समयसीमा तोकिएको छ। त्यस्तै सहभागी भएको हरेक खेलाडीलाई प्रामाण पत्र इमेल मार्फत प्रदान गरिने छ । सहभागी मध्ये २ खेलाडिलाई, ‘मोस्ट पपुलर प्लेयर ‘अवार्डका साथै शिर्ष महिलालाई अमेरिकी १०० डलर र पुरुषलाई १०० डलर नगद पुरस्कार प्रदान गरिने निर्णायक खड्काले कागेश्वोरी खबर डटकमलाई जानकारी दिनु भयो।

अनलाइन प्रबिधिबाट हुने प्रतियोगिता नेपालबाट नेपाल प्रहरी ,नेपाल सेना ,राष्ट्र टीमका खेलाडी लगायत गरेर करिब ७०० जना सहभागी हुनु पाउने,र बाहिरको २७ वटा अन्तरराष्ट्रिय देशबाट करिब ५०० जना सहभागी हुने पाउने जनाइएको छ। सो च्याम्पियनसिप प्रतियोगिता शिर्ष एक महिला एक पुरुषलाई नगद उपहारको साथ सम्मान गरिने आयोजकले जनाएको छ ।

अनलाइनबाट हुने प्रतियोगितामा राम्रो खेल्ने दुवै महिला ,पुरुसलाई सम्मानित गरिनेछ। नतिजाको लागि भिडियोहरु युट्युवमा अपलोड गरिने छ। सबैभन्दा बढी भ्यु प्राप्त भिडियोलाई ‘मोस्ट पपुलर प्लेयर ‘को अवार्ड प्रदान गरिने छ। यसको नतिजा जनवरी २६ र २७ तारिखमै सार्वजनिक गरिने छ।

प्रतियोगिताको निर्णायक मण्डलमा अशोक खड्का, हीराबहादुर थापा, नोर्बु लामा, विक्रम खड्गी र मिन न्यौपाने रहनु भएको छ ।