Ad #144479

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम वुल्भ्ससँग १–१ को बराबरीमा रोकिएको छ ।

घरेलु टोली वुल्भ्सका लागि रोमाइन साइसले हेट मार्फत ८६ औँ मिनेटमा बराबरी गोल गरेका हुन् । बराबरीपछि पाँचौँ स्थानमा पुगेको टोटनह्यामको १५ खेलबाट २६ अंक भएको छ । समान १५ खेलबाट २१ अंकसहित वुल्भ्स ११ औँ स्थानमा छ ।

लिग अन्तर्गत आइतबार राति भएका अरु खेलमा लीड्स युनाइटेडले बर्नलीलाई १–० ले पराजित गर्दा वेष्ट ह्याम र ब्राइटनले २–२ को बराबरी खेलेका छन् ।