Ad #144479

१९ मंसिर, काठमाडौं । इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल स्थगित भएको छ। दक्षिण अफ्रिकाका एक खेलाडीलाई कोरोना भाइरस संक्रमण भएपछि खेल स्थगित भएको हो।

ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला सकिएपछि गरिएको कोभिड–१९ परिक्षणमा एक जना खेलाडीको नतिजा पोजेटिभ आएको दक्षिण अफ्रिका क्रिकेट बोर्डले जनाएको छ।

तीन खेलको एकदिवसीय शृंखला आजबाट केप टाउनको न्युल्यान्ड क्रिकेट मैदानमा सुरु हुने तालिका थियो। तर नयाँ तालिकाअनुसार पहिलो खेल आइतबार हुनेछ। दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ।

दक्षिण अफ्रिका क्रिकेटले इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डसँग नयाँ तालिकाका लागि सहमति भएको जनाएको छ। यअसघि सम्पन्न तीन खेलको ट्वान्टी(२० अन्तर्राष्ट्रिय शृंखलामा इङ्ल्यान्ड ३(० ले विजयी भएको थियो।