Ad #144479

९ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान  पारस खड्का आईसीसी अवार्डका लागि मनोनित भएका छन् । पारस ‘आईसीसी पुरुष एसोसियट प्लेयर अफ दि डिकेड’ अवार्डका लागि मनोनयनमा परेका हुन् ।

पारससँगै यस अवार्डका लागि ६ खेलाडी मनोयनमा परेका छन् । अन्य खेलाडीमा स्कटल्याण्डका केली कोट्जेर, कालुम म्याक्लिओड र रिची बेरीङटन रहेका छन् ।

यस्तै पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयनमा परेका छन् । विजेताको नाम भोटको आधारमा छनोट गरिनेछ ।