२ मंसिर, काठमाडौं । दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजका लागि ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज दोस्रो खेल खेल्दैछ । नेपाल र बंगलादेशबीच दोस्रो मेत्रीपूर्ण खेल नेपाली समयअनुसार पौने ५ बजे ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुनेछ ।
दुई खेलको सिरिज भएकाले नेपाल दोस्रो खेल जित्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । नेपालका अन्तरिम मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पनि दोस्रो खेल जित हात पार्ने लक्ष्य रहेको बताएका छन् ।
२०२२ मा कतारमा हुने फिफा विश्वकप र २०२३ मा चीनमा हुने एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत २०२१ मा हुने समूह चरणको बाँकी खेलको तयारी स्वरुप नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल खेलिएको हो । यस्तै फिफा वरीयतामा पनि यो दुई खेलले प्रभाव पार्नेछ ।
[sidebar name="button post"]









