नेपालमा दश बर्षदेखि साउलेन सिकाउँदै राजु

काठमाण्डौको स्वयंम्भूमा ट्रेडिशनल कुङ्ग फु सेन्टर छ । राजु नेपालीले प्रसिद्ध खेल शाउलेन सिकाउँदै आउनुभएको छ । कुङ्ग फु चीनको प्रसिद्ध खेल अन्तर्गत पर्छ । शाउलेन कुङ्ग फु एउटा खेल विद्या हो । खेलकुद शारीरिक स्फुर्ति र मानसिक स्वास्थ्यका लागि पनि महत्वपूर्ण छ । काठमाण्डौको स्वयंम्भू भुलिखेलमा २०३९ साल कार्तिक २० गते जन्मेका नेपालीको बाल्यकालदेखि नै खेलकुदमा रुची राख्नुहुन्थ्यो ।

खेल जिवनमा प्रवेश र शाउलेन कुङ्ग फु सम्मको यात्रा

नेपालीको परिवारमा आमाबुबा, श्रीमती र दुई छोरा गरी ६ जना हुनुहुन्छ । पारिवारिक आर्थिक कारणले माध्यमिक तह कक्षा १० सम्म मात्रै अध्ययन गर्नुभयो । आफ्नो रुची अनुसार नै १४ वर्षको उमेरमा उहाँले कराते सिक्न थाल्नु भयो । तर एक वर्षमात्रै करातेको प्रशिक्षण लिएर छोड्नुभयो । त्यसपछि उहाँ २०५२ सालमा नेपाल उसु एसोसियसनबाट उसु खेलमा लाग्नुभयो ।

यो सँगै उहाँको खेल यात्रा सुरु भयो । उसुमा सिमित प्रशिक्षक मात्रै भएको कारणले प्रशिक्षकको खोजी गर्ने क्रममा २०६४ सालमा शाउलेन चाईनाको प्रसिद्ध खेल कुङ्ग फु मा प्रवेश गर्नुभयो । ‘शाउलेन मानव जिवनचक्र सँग सम्बन्धित छ, नेपाली भन्नुहुन्छ,‘शाउलेनले कुङ्ग फु लाई ३ वटा कुरामा बिभाजन गरेको छ । त्यो हो छाङ्ग, उ, इ । यसको अर्थ छाङ्गले दर्शनशास्त्र, उ ले मार्सल आर्ट र इ ले उपचार बुझाउँछ । यी तीन कुराले कुङ्ग फु लाई जनाउने गर्छ ।’

खेलमा रुची राख्ने भएका कारण खेल सम्बन्धि फिल्म धेरै नै मन पर्थो । त्यसकै फलस्वरूप एउटा नेपाली भएर चाईनाको प्रसिद्ध खेल खेल्ने रुची थाईची मास्टर फिल्मबाट विकास भयो । उहाँलाई त्यस फिल्मले यति धेरै आकर्षक गर्यो कि खेलबारे गहिराइमा पुगेर अध्ययन गर्न थाल्नुभयो । उहाँ भन्नुहुन्छ,‘यो एउटा खेल मात्र होईन यसले हाम्रो जिवनमा हुने कुराहरुलाई व्यवस्थित बनाउन मद्दत गर्छ ।

त्यसैले म शाउलेनलाई व्यवस्थित गर्ने माध्यम भन्न रुचाउँछु ।’ उसु र कुङ्ग फु को सिकाउने तरिका उस्तै जस्तो देखिन्छ । उहाँ सुरुमा उसुमा नै हुनुहुन्थ्यो । त्यसपछी सुनिल शाक्यले नेपालमा कुङ्ग फु एसोसियसन दर्ता गर्नु भएको रहेछ । उसुको प्रशिक्षक चन्दप्रसाद महर्जन उहाँले चीनमा गएर सिकेर आउनु भएको भन्नुभयो । उहाँले नै नेपाल कुङ्ग फु एसोसियसन रंगशालामा जोड्नुभयो ।

आफ्नो सुरक्षा आफै गर्नु आवश्यक

कुङ्ग फु शाउलेनले सामान्य जिवनमा चाहिने कुरा नै सिकाउने गर्छ । जिवनदर्शनदेखि आफ्नो सुरक्षा र बचाउ मात्र नभई औषधि उपचार बिधि बारे पनि शाउलेनले ज्ञान दिन्छ । सबै अन्य मार्सलआर्टमा नभएको कुरा कुङ्ग फु मा रहेको छ । यो एकदमै उच्च तह र एड्भान्स छ ।

त्यसकारण यो सबैको लागि अति आवश्यक रहेको नेपाली बताउनुहुन्छ । कहिलेकाँही कसैले आक्रमण गरे आफ्नो र अरुको सुरक्षा गर्न पनि यसले सिकाउने गर्छ । सामान्यतया अन्तर्राष्ट्रिय स्थरमा खेल भनेर बुझ्ने र सिकाउने गरिन्छ । तर हाम्रो दैनिक जिवनमा पनि उत्तिकै आवश्यक छ । शाउलेन मोनिस्ट्री चाईनामा भने सुरक्षा सम्बन्धि भित्री कुराहरु धेरै नै छन् ।

सिक्ने र सिकाउने यात्रा

राजु नेपालीले सुरुमा रंगशालामा सिकेर ४ वर्ष असिस्टेन्ट भलुन्टरको रुपमा काम गर्नुभयो । त्यसपछी आफ्नो संस्थालाई अगाडि बढाउन चाईनाको हनान शाउलेन कुङ्ग फु को जन्म स्थल र लुहान युआन दुई वटा विद्यालयमा प्रशिक्षण पनि लिनुभयो । यसको बिकास कसरी हुन्छ के के गर्न सकिन्छ भनेर जानकारी लिएर नेपाल आउनुभयो । हाल उहाँलाई शाउलेन मोनिस्ट्री मअंक टिचर भनेर आईडी दिएको छ । त्यो आईडी अरुले दिन मिल्दैन र त्यतिकै पनि दिदैन । त्यो आइडी शाउलेन मोनिस्ट्रीले मात्रै दिने अनुमति पाएको हुन्छ ।

नेपालमा अहिलेसम्म कुङ्ग फु को क्लबहरु लगभग ६/७ वटा छन् । तर ट्रेडिशनल कुङ्ग फु सेन्टर अलि भिन्न छ । ‘अरु क्लबहरुमा सबै मिक्सअप हुन्छ, उहाँले भन्नुभयो,‘हाम्रो क्लबले चै शाउलेन हनान र लुहान युआनमा सिकेर आएको कुराहरु, वास्तविक मार्सल आर्ट के हो भन्ने कुरा सिकाई रहेको छ ।’ नेपाल भरिमा यो शाउलेन कुङ्ग फु स्वयंम्भुमा मात्रै छ । नेपालमा शाउलेन कुङ्ग फु विकास र प्रवद्र्धन गर्ने उहाँको उद्देश्य छ ।

खेलाडीको क्षमता कति छ भनेर ट्रेस्ट भैरहेको छ । प्रशिक्षकको ट्रेस्ट पास गरिसक्यो । त्यसको साथसाथै अन्तर्राष्ट्रिय स्तरमा खेल्न र प्रशिक्षणको लागि पठाउन तयारी भैरहेको नेपालीले बताउनुभयो । उहाँले अन्तरास्ट्रिय स्तरमा खेल्ने मौका नपाएपनि खेलेका राष्ट्रिय खेलहरुमा उहाँ पदक विजेता हुनुहुन्छ भने प्रोफेसनलमा उहाँ ‘किक’ बक्सिङ गर्नुहुन्छ ।

४ वर्षमाथीको उमेर समूहले सिक्न सक्ने

राजु नेपालीको ट्रेनिङ सेन्टर ट्रेडिशनल कुङ्ग फु ले १० वर्षको अन्तरालमा ८ सय जनालाई प्रशिक्षण दिइसकेको छ । अहिले रेगुलर सिक्ने ६०/७० जना छन् । व्यक्तिगत रुपमा नदेखिने तरिकाले स्कुल वा होस्टेलमा सिक्ने ४ सय जनाममा खेलाडी छन् । ‘यो खेल अनुशासनमा बस्नको लागि आवश्यक छ ।

यो खेलले मान्छेलाई अनुशासित बनाउन मद्दत गर्छ । यसको लागि चाहिने सबैभन्दा मुख्य कुरा कडा परिश्रम नै हो, उहाँले भन्नुभयो,‘यो खेलको लागि धैर्यताको अति आवश्यक छ । यी सिकेर आफुले पाउने भनेकै जीवनशैलि राम्रो बनाउने तरिका, अनुशासन र आफ्नो सुरक्षा आफै गर्नसक्ने हुनु हो ।

[sidebar name="button post"]