इण्डियन प्रिमियर लिग (आईपीएल) त्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।
सनराइजर्स हैदराबादका लागि जोनी बेयस्टाले ४८ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यस्तै कप्तान डेभिड वार्नरले ४५, केन विलियम्सनले ४१, अब्दुल समादले नटआउट १२ र मनिस पाण्डेले ३ रन बनाए ।
यूएइमा चलिरहेको १३ औं संस्करणको खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै जितको सुरुवात गरेको हो । हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनायो ।
जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीको यो पहिलो हार हो । दोस्रो स्थानमा रहेको दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ ।
[sidebar name="button post"]











