क्यारेबियन प्रिमियर लिग क्रिकेटमा सन्दीप लामिछानेको टिम जमैका तलावाज ७ विकेटले पराजित भएको छ ।
जमैकाले दिएको १ सय ६२ रनको लक्ष्य बार्बाडोस ट्रिन्डाडले १८ दशमलव २ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो । पहिला ब्याटिङ गरेको जमैकाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । जमैकाका लागि जर्मेन ब्ल्यावुडले ७४ रन जोड्दा आन्द्रे रसेलले ५४ रनको योगदान गरे । ग्लेन फिलिप्सले १७ रन बनाएका थिए ।
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट लिन सफल भए । ४ ओभर बलिङ गरेका सन्दीपले २६ रन खर्चिएर एक विकेट लिएका हुन् ।
जमैकाले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ भने बार्बाडोस प्रतियोगिताबाट बाहिरिएको छ ।
[sidebar name="button post"]









