लामिछाने आबद्ध जमैका तलावाज सेमिफाइनलमा

१९ भदौ,काठमाण्डौ । सन्दीप लामिछाने आबद्ध टिम जमैका तलावाज क्यारेबियन प्रिमियर लिग सीपीएल को सेमिफाइनलमा प्रवेश गरेको छ ।

चौथो स्थानको लागि जमैका तलावाज र बारबाडोस ट्रीडेन्ट दुवै टिमको सम्भावना भएकामा बारबाडोस ट्रीडेन्ट शुक्रबार बिहानको खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रीडेन्ट लाई ६ विकेटले पराजित गरेपछि जमैका तलावाज सेमिफाइलनमा पुग्ने निश्चित भएको हो ।

आठ खेलबाट सात अंक भएको जमैका तालिकाको चौँथौ‌ स्थानमा छ । पाँचौ‌ स्थानमा रहेको बारबाडोसको नौ खेलबाट चार अंक रहेको छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष चार टोली सेमिफाइनल पुग्छन् ।

[sidebar name="button post"]