सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन

क्यारेबियन प्रिमियर लिगमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

जमैका तलाबाजबाट खेलेका उनले १६ रन जोड्दै २ विकेट लिएका छन् । उनी आवद्ध जमैकाले अहिले बार्बाडोस ट्राइडेन्ससँग प्रतिष्पर्धा गरिरहेको छ ।

बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनाएपछि जमैकाले १४९ रनको लक्ष पाएको हो । क्विन्स पार्क ओभलमा साविक विजेता बार्बाडोसविरुद्ध मैदान उत्रिँदा जमैका तेस्रो जितको खोजीमा हुनेछ ।

बार्बाडोस भने दोस्रो जितको खोजीमा रहेका छन् । चार खेलमा २ अंक जोडेको बार्बाडोस तालिकाको पाँचौ स्थानमा रहेको छ ।

[sidebar name="button post"]