एनएसजेएफ स्पोर्टस अवार्ड : फुटबलर मनिष डाँगी बने उत्कृष्ट वर्ष युवा खेलाडी

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले यसवर्षको पल्सर स्पोर्ट्स अवार्ड २०७८ आयोजना आज गरिरहेको छ । विभिन्न पाँच विधामा अवार्ड दिइन्छ । । एनएसजेएफले यस वर्षको अवार्ड पनि कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा भव्य समारोहबीच आयोजना भइरहेको छ ।

अवार्ड घोषणा हुने क्रम जारी छ । सो अन्तर्गत वर्ष युवा खेलाडीको अवार्ड फुटबलर मनिष डाँगीले जितेका छन् ।  यसमा फुटबलका डाँगीसँगै बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी मनोनयनमा परेका थिए ।

 

मञ्चले २०६० सालदेखि अवार्ड निरन्तर आयोजना गर्दै आइरहेको छ ।

१९ औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिनेछ ।

[sidebar name="button post"]