साफ च्याम्पियनसिप भारतमा आयोजना हुने

साफ च्याम्पियनसिप फुटबल भारतमा आयोजना हुने भएको छ .

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को मंगलबार बसेको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप-२०२३ भारतमा गर्ने निर्णय गरेको हो .

यद्यपि मिति र आयोजना हुने स्थान भने थए भइसकेको छैन ।

यसअघि माल्दिभ्समा १३ औं साफ च्याम्पियनसिपमा भइको थियो जहाँ नेपाल उपविजेता बनेको थियो ।

यस्तै साफको कार्यकारी समिती बैठकले साफ च्याम्पियनसिपको मार्केटिङ र कमर्सियल पार्टनरको लागि स्पोर्ट्स पनर्टनर ईन्टरनेशनलको बिड स्वीकृत गरेको छ ।