नेपाली राष्ट्रिय क्रिकेट टोली खेलाडी सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घ (क्यान)को बोर्ड बैठकबाट निलम्बन फुकुवा भयो । सन्दीपलाई गत भदौ २३ गते क्यानले निलम्बन गरेको थियो । सन्दीपलाई १७ वर्षीय नाबालिग बलात्कार गरेको आरोप लागेको केही समयमा नै निलम्बन गरिएको थियो ।
पोखरामा मंगलबार बसेको बैठकले सन्दीपको निलम्बन फुकुवा गर्यो । क्यानका सात सदस्य उक्त निर्णयमा सहभागी थिएनन् । क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायत १० जना बोर्ड सदस्यको सहभागितामा उनको निलम्बन फुकुवा भयो ।
सन्दीपको निलम्बन फुकुवा हुँदा क्यानको धेरै आलोचना भएको छ । तर, क्यानको बोर्ड बैठकमा भने कुनै छलफल भएन । क्यानका कार्यवाहक सचिव दुर्गा पाठकका अनुसार क्यानको बोर्ड बैठकले सिधै प्रस्ताव पारित गरेको बताए ।