एफए कपको पाँचाैँ चरणकाे ड्र सार्वजनिक

एफए कप फुटबलअन्तर्गत पाँचौँ चरणको ड्र सार्वजनिक भएको छ।

इंग्ल्यान्ड एफएले सार्वजनिक गरेको ड्रअनुसार म्यानचेस्टर सिटीले ब्रिस्टोल सिटीलाई प्रतिद्वन्दी पाएको छ।

म्यानचेस्टर युनाइटेडले पाँचौँ चरणमा वेस्ट ह्यामसँग प्रतिस्पर्धा गर्नेछ।

ब्राइटनले स्टोक सिटीलाई प्रतिद्वन्दी पाउँदा लेस्टर सिटीले ब्लाकबर्न रोभर्स र बिर्मिनघम सिटीबीचको विजेतासँग खेल्नेछ।

साउथह्याम्पटनले लुटोन टाउन र ग्रिम्स्बी टाउनबीचको विजेतासँग खेल्नेछ।

टोटेनहमले पाँचौँ चरणमा सेफिल्ड युनाइटेड र रेक्समबीचको विजेतासँग खेल्नेछ।

लिड्स युनाइटेडले फुलहम र सन्डरल्याण्डबीचको विजेतासँग खेल्नेछ।

त्यस्तै, बर्नली र इप्स्वीच टाउनबीचको विजेताले पाँचौँ चरणमा सेफिल्ड वेनस्डे र फ्लिटउड टाउनबीचको विजेतासँग खेल्नेछ।