पोखरा: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्स ४ सय मिटर दौडमा २ नयाँ कीर्तिमान कायम भएको छ।पोखरा रंगशालामा मंगलबार बिहान भएको ४ सय मिटर पुरुष–महिला दौडमा २ कीर्तिमान बनेका हुन्।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमालले ४७.९५ सेकेन्डमा पार गर्दै ३२ वर्ष पुरानो कीर्तिमान तोड्दै नयाँ कीर्तिमानसँगै स्वर्ण पदक जितेका हुन्।
उनले सन् १९९० मा चीनको बेजिङमा भएको खेलमा आशाराम चौधरीले बनाएको रेकर्ड तोडे । चौधरीले ४८.३२ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान कायम गरेका थिए ।
त्यो बेला आशारामले ४८.३२ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । आशारामको राष्ट्रिय कीर्तिमान भंग गर्ने क्रममा सोमबहादुरले ४७.९५ सेकेन्डमा निर्धारित दूरी पूरा गरे ।












