२३ वर्षमा तीन स्वर्ण जितेका पुष्प गौतम

नमराज आचार्य

काठमाडौँ : खेल जगतमा आफ्नो छुट्टै पहिचान गराएका खेलाडी हुन्, पुष्प प्रसाद गौतम । गौतम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी हुन् । उनी अहिले मात्रै २३ वर्षका पुगेका छन् । सानै उमेरमा उनले ३ स्वर्णपदक जितिसकेका छन्।

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गौतम पनि सहभागी छन् ।

उनी अहिले बागमती प्रदेशको टिमबाट नवौँ राष्ट्रिय खेलकुदमा भाग लिएका छन् । उक्त खेलमा १८ बर्षभन्दा माथिका सहभागी रहने छन । उनी अहिले काठमाडौं थलीमा आफ्नो प्रशिक्षण केन्द्र मूलपानी तेक्वान्दो डोजाङमा ट्रेनिङ गर्ने गर्छन् ।

उनलाई अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा रेफ्री अशोक खड्काले प्रशिक्षण गराउँदै आएका छन् । उनले २०६९ सालदेखि तेक्वान्दो खेल सुरु गरेका हुन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल जितेका छन् । उनले ३ स्वर्ण जितेका छन् । जसमध्ये थाइल्याण्ड, भुटान र हङकङ गरि तीन देशमा सहभागी भएर स्वर्ण पदक जितेका छन् ।

आफुले ट्रेनिङ गर्दा धेरै दुःख र कष्ट गरेको उनी बताउँछन् ।

‘हामीले ट्रेनिङ गर्दा फम र म्याड थिएन । जता खुल्ला र खालि ठाउँ देख्यो त्यही ट्रेनिङ सुरु गर्थौँ’ उनले भने, ‘हामीले पिच सडकदेखि स्कुल फिडसम्म ट्रेनिङ गरेका छौँ । कति ठाउँमा ठकर खाइयो । तर आफुलाई अशोक गुरुले हात छोड्नु भएन् । हार मान्न दिनु भएन । त बिर गोर्खालीको छोरा होस् । भनेर बारम्बार हौसला दिनु हुन्थो ।’

उनका यस्ता संघर्षका कथाहरु धेरै छन् । उनले प्रशिक्षक खड्काकै राम्रो मार्गनिर्देशनमा राम्रो खेल जीवन अगाडि बढाएका हुन् । यसले उनलाई ढिलोचाँडो सफलता दिलाएरै छाड्यो ।

चौरमा खेल्दा खेल्दै प्रशिक्षण ठानेर उनले राष्ट्रिय खेल खेलेका छन् । त्यसैले गर्दा उनको अगाडिको बाटो फराकिलो बनेको हो । पछिल्लो समय चाहि डाँछीमा मूलपानी तेक्वान्दो डोजाङ बन्यो । त्यसपछि हामीले खुल्ला चौरदेखि एकेडेमी पायौँ । एकेडेमीमा खेले पछि खेलमा अझै सुधार भएको उनको भनाई छ ।

उनले तेक्वान्दो खेल्दा पाएको सफलता र संघर्षको हरेक कुरा सम्झिन चाहन्छन् । पहेलो बेल्ट पाउँदा चाँही आफु हेटौंडामा राष्ट्रिय खेल खेलिरहेका थिए ।

अशोक गुरुकै नेतृत्व र प्रशिक्षणबाट आफु थाइल्याण्ड गएर स्वर्णपदक जित्न सफल भएको उनी बताउँछन् । सन् २०१६ मा उनी थाइल्याण्ड गएका थिए । सन् २०१६ मै हामी हङकङ गएर खेल्यौँ । त्यहाँ पनि स्वर्ण जितेको उनको अनुभव छ । यस्तै सन् २०१७ मा भुटानमा खेल्दा पनि उनले स्वर्ण जितेका थिए ।

पुष्प सानैदेखि अनुशासित, निडर, निष्ठावान, कर्तव्यवान खेलाडी हुन् । उनी आफु भन्दा अग्रजको समान र सानालाई खेलप्रति उत्साह र हौसला दिने गर्छन् । आठ कक्षादेखि नै तेक्वान्दो खेल्ने उनी उमेरले २३ वर्ष पुग्दा तीन वटा स्वर्ण जित्न सफल भइसकेका छन् । यसका पछाडि प्रशिक्षक अशोक खड्काको हात रहेको उनी बताउँछन् ।

श्री आदर्श माध्यमिक विद्यालयमा पढेका उनले एसएलसीपछि नारायणटारमा रहेको इस्ट पोल इन्टरनेस्नल कलेजबाट ११ र १२ पढे । यसरी उदाउँदा आफू अहिले सफल र सन्तुष्ट रहेको उनी बताउँछन् ।

सरकारले पर्याप्त लगानी नगर्दा पनि उनी युवा उमेरमै स्वर्ण जितिरहेका छन् । यसका पछाडि अशोक खड्का आफ्नो खास गुरु रहेको उनी बताउँछन् । खड्काले काठमाडौँ क्षेत्र नं. २ (ख)बाट प्रदेशसभामा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएपछि उनी झन् खुशी छन् ।

‘अशोक गुरु अहिले राजनीतिमा आउनु भएको छ । सबैभन्दा पहिला र धेर खुशी खेलाडीहरु छन् । अशोक खड्का जस्तो बौद्धिक खेलाडी राजनीतिमा आउनु यहाँका नागरिक, खेलाडी, जेष्ठ नागरिक गरिबलाई सुनौलो अवसर हो । उहाँले जस्तो बौद्धिक ब्यक्ति आउनु भो भने हाम्रो खेल क्षेत्रमा कायापलट हुन्छ ।’

उनी आफ्नो सफल र उज्ज्वल भविष्यका पछाडि अशोक गुरुको हात रहेको बताउँछन् । भन्छन्, ‘उहाँ मेरो आइडल हो । उहाँले चुनाव जित्नुपर्छ । वर्षौदेखि राजनीतिक दलका नेताहरुले केही पनि गरेनन् । अब उहाँले गर्नुहुन्छ । यसपटक उहाँलाई जिताउनैपर्छ ।’

[sidebar name="button post"]