अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का पाकिस्तान जाँदै

१६ कार्तिक, काठमाण्डौ। अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का सीओएसएस पाकिस्तान ओपन जी वान तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन बिहीबार पाकिस्तानको इस्लामाबाद जाँदै हुनुहुन्छ। नोभेम्बर ६ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अशोक पाकिस्तान जान लाग्नु भएको हो ।

प्रतियोगितामा अशोकसहित नेपालबाट ६ निर्णायक सहभागी हुँदै हुनुहुन्छ। त्यस्तै ६ खेलाडी, तथा १÷१ प्रशिक्षक र आफिसियल पनि सहभागी हुँदै हुनुहुन्छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, बाल गीताञ्जली स्कुलका प्रिन्सिपल महेन्द्रराज घिमिरेलगायतले खड्कालाई ट्रयाक सुट प्रदान गरी एक कार्यक्रमबीच मंगलबार बिदाइ गर्नुभएको छ । साथै पाकिस्तान यात्राको सम्पूर्ण खर्च कागेश्वरी मनोहरा नगरपालिकाले प्रायोजन गरेको खड्काले जानकारी दिनुभयो।

नेपालमा ग्योरोगी, पुम्से र पारा तीनै विधामा निर्णायकको लाइसेन्स प्राप्त गर्ने अशोक एक मात्र निर्णायक हुनुहुन्छ।

[sidebar name="button post"]