नेपाल र भारतबीचको पहिलो मत्रैपूर्ण खेल बराबरी

१७ भदौ, काठमाण्डौ। मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् । पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक–एक गाेलकाे बराबरी खेलेका हुन् ।

दशरथ रङ्गशालामा भएकाे खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गाेल गरेका अग्रता दिलाएका थिए । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गाेलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गाेलमा परिणत गरेका हुन् ।

तर नेपालकाे अग्रता दाेस्राे हाफमा रहन सकेन । भारतका अनिरुध थापाले खेलकाे ६० औँ मिनेटमा गाेल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।

नेपाल र भारतबीच अब अर्को खेल आइतबार दशरथ रङ्गशालामै हुनेछ ।