टोकियो ओलम्पिककाे भव्य उद्घाटन

८ श्रावण, काठमाण्डौ। विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको भव्य उद्घाटन गरिएको छ ।

जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच ‘टोकियो ओलम्पिक’ औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

[sidebar name="button post"]