कोपा अमेरिका फुटबलको गोल्डेनबुटको दाबेदारीमा मेस्सी अगाडि

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको गोल्डेन बुटमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी अग्रस्थानमा देखिएका छन् ।

प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भइरहँदा मेस्सी चार गोल गर्दै अग्रस्थानमा छन् । अर्जेन्टिनाका कप्तान मेस्सीले ५ खेलमा ४ गोल  गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा छन् ।

गोल्डेन बुटको होडमा ब्राजिलका नेयमार पनि रहेका छन् । उनले ४ खेलमा २ गोल गरिसकेका छन् ।

यस्तै पेरुका जियानलुका लापाडुलाले पनि ५ खेलमा २ गोल गरेका छन् । अर्जेन्टिनाकै पापु गोमेज, लाउटरो मार्टिनेज र पेरुका आन्द्रे कारिलोले पनि २/२ गोल गरेका छन् ।

यस संकरणमा अर्जेन्टिना, साविक विजेता ब्राजिल, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन् ।

[sidebar name="button post"]