नेपाल गोजु-रियो कराँते-दो संघ दक्षिणढोका डोजोले खुल्ला कराँते प्रतियोगिता आयोजना गर्दै

रमिता दंगाल

२८ चैत्र, काठमाण्डौ। आगामी बैशाख ३ र ४ मा नयाँ बर्षको अवसर पारी नेपाल गोजु-रियो कराँते-दो संघ दक्षिणढोका डोजोले खुल्ला कराँते प्रतियोगिता आयोजना गर्ने भएको छ। उक्त प्रतियोगिता माकालबारीस्थित गोकर्णेश्वर लाईट एकेडेमीमा हुने भएको हो।

कोरोना कहरका कारणले खेलाडीहरुको मनोबललाई मध्य नजर गर्दै सो कार्यक्रम संचालन गर्न लागिएको कार्यक्रम आयोजकले जनाएको छ।

सो प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु १५००० , दोस्रो हुने टिमलाई नगद रु १०००० र तेस्रो हुने टिमलाई नगद रु ५००० पुरस्कार प्रदान गरिने छ।

पुरस्कार सहित यस कार्यक्रम आयोजना गर्दै छौ संयोजक फुर्साङ वाइबाले बताउनु भयो । सानुबाबु गिरि र फुर्साङ वाइबाको संयुक्त सम्योजनमा हुन गएको यस कार्यक्रममा सम्पुर्ण खेलाडीहरुको स्वास्थलाई मध्य नजर राखेर सम्पुर्ण खेलाडीहरुलाई खेलाउने वाइबाले बताउनु भयो।

[sidebar name="button post"]