इंग्लिस प्रिमियर लिगमा टोटनह्यामलाई स्तब्ध पारेर शीर्ष स्थानको म्यानचेस्टर सिटीले सात अंकको अग्रता कायम गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले टोटनह्यामलाई ३–० ले पराजित गरेको हो । जितपछि शीर्ष स्थानको सिटीको २३ खेलबाट ५३ अंक भएको छ ।
शनिबार राति नै भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई स्तब्ध पारेको हो । लेस्टरले लिभरपुललाई ३–१ ले पराजित गरेको हो ।
दोस्रो स्थानमा उक्लिएको लेस्टर सिटीको २४ खेलबाट ४६ अंक भएको छ ।
शनिबार राति भएका अरु खेलमा बर्नलीले क्रिष्टल प्यालेसलाई ३–० ले पराजित गर्दा ब्राइटन र एस्टन भिल्लाले गोलरहित बराबरी खेलेका छन् ।
[sidebar name="button post"]









