Ad #144479

२० माघ, काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज स्याङ्जाको वालिङ नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका खेल्दै छन् ।

खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजे हुनेछ । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् । अहिलेसम्म पाँच खेल खेलेका दुवै टिमले अहिलेसम्म एकरएक खेलमात्रै जितेका छन् ।

अंक तालिकाको पाचौँ स्थानमा रहेको वालिङले एकमा जित, दुईमा बराबरी र दुईमा हार व्यहोरेको छ भने छैठौं स्थानमा रहेको चन्द्रपुरले एकमा जित र चारमा हार व्यहोरेको छ ।