स्पेनिस ला लिगा फुटबल खेलमा एथ्लेटिको मड्रिड जित

उपाधि होडमा बलियो रुपमा प्रस्तुत भएको एथ्लेटिको मड्रिडले १० अंकको अग्रता कायम गरेको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले काडिजलाई ४–२ ले पराजित गरेको छ ।

जितपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको १९ खेलबाट ५० अंक भएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोना तथा तेस्रो स्थानको रियल मड्रिडको २० खेलबाट समान ४० अंक छ ।

[sidebar name="button post"]