प्रधानमन्त्री कपको दोस्रो सेमिफाइनलमा आज वाग्मती र त्रिभुवन आर्मी खेल्दै

१५ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । खेल कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे हुने छ ।

आजको विजेताले फाइनलमा एपीफसँग खेल्ने छन् । वाग्मती समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो भने, आर्मी समूह ‘ए’ को उपविजेता हो । फाइनल खेल शनिबार हुनेछ । हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफ फाइनलमा पुगेको छ ।

[sidebar name="button post"]