माघ १०, काठमाडौं । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको दुईदिने तालिममा ४ प्रदेशका १२ जिल्लाबाट ३५ जना सहभागी थिए ।
सहभागीलाई नेपाल जितकुण्डो मार्सल आर्ट्स संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक शिवबहादुर थापाले प्रशिक्षण दिएका थिए । तालिममा जितकुण्डोका परिवर्तित नयाँ नियमलगायतका विषयमा जानकारी गराइएको थियो ।

[sidebar name="button post"]











