Ad #144479

६ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० को १९ औं साधारण सभा सुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा साधारण सभा सुरु भएको हो । युवा तथा खेलकुद मन्त्री दावा लामाले साधारण सभाको उद्घाटन गरे ।

कोरोना भाइरसको महामारीको कारण पटक पटक स्थगित हुँदै आईरहेको एन्फाको साधारण सभा आज हुन लागेको हो । यस अघि भदौ १५ गते हुने भनिएको साधारण सभा स्थगित गरिएको थियो ।

साधारण सभामा कोषाध्यक्ष रविन्द्र जोशीले पेश गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ । जोशीले अनुमति ८५ करोड ६६ लाख ४२ हजार २ सय ४० रुपैयाँको बटेजलाई साधारण सभामा प्रस्तुत गर्ने छन् ।

त्यस्तै एन्फाले मनाङ, खोटाङ र नवलपरासी सुस्ता पूर्व जिल्लाहरुलाई एन्फा सदस्यता प्रदान गर्न साधारण सभामा निर्णयार्थ प्रस्तुत गर्नेछ । साधारण सभाले पारित गरेमा एन्फाको सदस्य जिल्ला ४८ पुग्नेछ ।