प्रधानमन्त्री कपमा आज पनि दुई वटा खेल हुँदै

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

४ माघ, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । समूह ‘बी’को खेलमा वाग्मती प्रदेश र नेपाल पुलिस क्लब तथा समूह ‘ए’को खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेश खेल्दैछन् ।

वाग्मती र नेपाल पुलिस क्लबको खेल बिहान नौ बजे कीर्तिपुरको त्रिवि मैदानमा तथा कर्णाली र त्रिभुवन आर्मी क्लबको खेल बिहान नौ बजे नै मुलपानी क्रिकेट मैदानमा बिहान नौ बजे नै सुरु हुने छ ।

दुवै टिम पहिलो खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद् सुरुवात गर्ने लक्ष्यमा छन् । अर्को खेलमा त्रिभुवन आर्मी क्लब लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने कर्णाली पहिलो खेलमा जित निकाली सुरुवात गर्ने लक्ष्यमा हुने छ ।


  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares