सचिवालय बैठक माग गर्दै प्रधानमन्त्रीलाई लिखित पत्र

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच जना सचिवालय सदस्यले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। शनिबार भेटमा उनीहरूले सचिवालय बैठक माग गर्दै प्रधानमन्त्रीलाई लिखित पत्र बुझाएका हुन्।

पत्रमा कोभिडका बेला भइरहेका कामहरूको समीक्षा र पार्टी निर्णय कार्यान्वयनबारे छलफल हुनुपर्छ भन्नेबारे लिखित पत्र बुझाएका हुन ।  लिखित पत्र बुझेपश्चात् प्रधानमन्त्रीले छलफलपछि निर्णय गर्ने बताइएको छ। भोलि या पर्सि नै बैठक बोलाउने प्रचण्ड समूहको अपेक्षा छ।

प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलका लागि बालुवाटार पुगेका थिए।

पार्टी र सरकार सञ्चालनलाई लिएर केही महिनायता पार्टीका दुई अध्यक्षबीच किचलो चल्दै आएको छ। यहाँ, प्रधानमन्त्री ओलीले आफू बैठकबाट नभागेको तर छलफल गरेर तय गरिने बताएका छन् ।

[sidebar name="button post"]