Ad #144479

३० साउन,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद समाधानका लागि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्ताले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री निवास वालुुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा पार्टि भित्रका सम्पूर्ण समश्याको समाधान खोज्नको लागि कार्यदल गठन गर्ने सहमति भएको हो । पौडेल संयोजक रहेको कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन् ।