काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि भएको प्रहरी बलप्रति माफी मागेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याज पीडितमाथि भएको प्रहरी बल प्रयोग गर्नु गल्ती भएको स्विकार्दै माफी मागेका हुन् ।
केही महिनायता मिटरब्याज पीडित काठमाडौँ आएर न्यायका लागि सङ्घर्षरत छन् । आफ्नो माग पूरा गर्न सरकार तयार नभएको भन्दै वार्ता भङ्ग गरेर प्रदर्शनमा उत्रिएका उनीहरूमाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।