काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको सत्तागठबन्धनका नेताहरुले आलोचना गरिरहेका छन्। यसबैची, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवा संघले राष्ट्रपतिको समर्थनमा र्याली निकालेको छ।
संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरणका पठाइए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बेलुकी अस्वीकार गरेकी थिइन्।
उक्त प्रदर्शनका क्रममा भएको कोण सभामा बोल्दै एमाले नेता महेश बस्नेतले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर देश जोगाएको दाबी गरेका थिए।
‘हिजो चोलेन्द्रशमशेर राणालाई महाभियोग लगाउँदा तपाईंहरू राष्ट्रपतिलाई पनि महाभियोग लगाउने षड्यन्त्र गर्दै हुनुहुन्थ्यो,’ सत्तारूढ दलका नेताहरूलाई लक्षित गर्दै उनले भने, ‘महाभियोग लगाउँदा पनि राष्ट्रपतिको पद निलम्बनमा पर्दैन भन्ने संविधानमै छ।’
[sidebar name="button post"]











