प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरिए

२३ कार्तिक, काठमाण्डौ। सरकारले प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखहरु परिवर्तन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी तीन प्रदेशमा प्रमुखहरु परिवर्तन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

बालुवाटार स्रोतका अनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको छ ।

हाल प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए ।