बुटवलमा थप दुई जना संक्रमितको मृत्यु

१३ मंसिर, बुटवल । कोरोना भाइरस संक्रमणबाट रुपन्देही र कपिलवस्तुका थप एक–एक जना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।

मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको शुक्रबार राति मृत्यु भएको हाे । उनी मिर्गौलाको डायलासिस गराइरहेका विरामी थिए । यस्तै मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका कपिलवस्तुका पुरुषको शुक्रबार राति नै मृत्यु भएको हाे । उनी पनि मिर्गौलाको डायलासिस गराइरहेका विरामी थिए ।

प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार कोरोना संक्रमितको मृत्यु हुने संख्या रुपन्देहीमा १२० र कपिलवस्तुमा १८ पुगेको छ ।

[sidebar name="button post"]