सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्ने प्रहरी नियन्त्रणमा

१० मंसिर, काठमाडौं ।  प्रहरीले बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्नेलाई पक्राउ गरेको छ । मध्यबानेश्वरमा रहेको ग्लोबल आइएमई बैंकका सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका हाे।

महानगरीय प्रहरी वृत्त बानेश्वरले सुरक्षा गार्ड मगरमाथि खुकुरी प्रहार गरेको अभियोगमा काठमाडौंको थापागाउँ बस्ने ३१ वर्षीय शशी थापालाई पक्राउ गरेको हो ।

बानेश्वरमा बैंकका सुरक्षा गार्डमाथि खुकुरी खोसेर आक्रमण गत असोज २९ गते सामान्य विवादका क्रममा सुरक्षा गार्ड मगरमाथि खुकुरी प्रहार भएको थियो । थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

[sidebar name="button post"]