महोत्तरीमा बलात्कार र हत्या आरोपित युवाको घरमा लगाइएको आगो दकमललाई पनि निभाउन नदिएपछि तनाव बढेको छ । टायर बालेर घरमा आगो सल्काइएपनि दकमललाई समेत निभाउन नदिएपछि आगो दन्किएको छ ।
मंगलबार बिहान स्थानीयले बलात्कारका आरोपित स्थानीय २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीयले आगो लगाएका थिए। घरमा आगो दन्किदा पनि दकमललाई स्थानीयले निभाउन दिएका छैनन् ।
दकमल सडक छेउमा रोकिएको छ भने घरमा आगो दन्किएको छ । स्थानीयले घरमा आगो निभाउन प्रहरी र दमकललाई दिएका छैनन् । स्थानीयले बालिकाको शव पनि उठाउन दिएका छैनन् । बालिकाको बलात्कारपछि हत्याको आशंका गरिएको छ । तर प्रहरीले भने पुष्टि गर्न बाँकी छ । स्थानीयको विरोधका कारण पूर्व पश्चिम राजमार्ग ठप्प बन्दा सडकमा ट्राफिक जाम बढेको छ ।












