Ad #144479

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान–१६ की ८१ वर्षीया वृद्धाको उपचारको क्रममा शुक्रबार दिउँसो २ बजे मृत्यु भएको हो ।

कार्तिक १९ गते कोरोना संक्रमण पुष्टिभएपछि उनी त्यसको भोलिपल्ट प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् ।उनी हाइपरटेन्सनसम्बन्धी बिरामी पनि थिइन् ।