सुख्खा पहिराले आज बिहान १० बजदेखि अवरुद्ध भएको तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक खसेको पहिरो हटाइ सेवा एक घण्टापछि पृथ्वी राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा आएको हो । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले ठूला ढुङ्गा हटाउन बाँकी रहेकाले दुईतर्फी नै सडक खुलाउन केही समय लाग्ने जानकारी दिनुभयो । “सानासाना ढुङ्गा हटाएर सवा एक घण्टामा बाटो एकतर्फी भइसकेको छ, ठूला ढुङ्गा हटाउन केही समय अझै लाग्ने देखिएको छ ।”
राजमार्ग एकतर्फी सञ्चालनमा आएपछि अत्यावश्यक कामका लागि गुडेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । आँबुखैरेनी–मुग्लिङ सडकखण्डअन्तर्गत यस ठाउँमा बेलाबेलामा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेको छ । वर्षा नभएका बेलामा पनि यहाँ सुख्खा पहिराको समस्या रहँदै आएको छ ।
[sidebar name="button post"]









