लिदी पहिरोपीडितलाई एक लाख २५ हजार आर्थिक सहयोग

तामाङ कलाकार सङ्घले जुगल–२ लिदीका पहिरोपीडितका लागि रु एक लाख २५ हजार आर्थिक सहयोग गरेको छ ।

सङ्घले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

सङ्घको तर्फबाट रु एक लाख र व्यवसायी पूर्ण लिम्बूबाट रु २५ हजार सहयोग गरिएको सङ्घका अध्यक्ष सञ्जीव वाइबाले जानकारी दिनुभयो ।

[sidebar name="button post"]