साउनको दोस्रो सोमबार आजपनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि खुलेको छैन । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन गएको चैत ११ गतेदेखि लकडाउन भएपछि मन्दिर, शैक्षिक संस्था लगायत धेरै भीड हुने क्षेत्र अहिलेसम्म खुलेका छैनन् ।
लकडाउन हटेपछि अरु क्षेत्र खुला भएपनि मन्दिर, शैक्षिक संस्था लगायत नखोल्ने सरकारको नीति अनुसार पशुपतिनाथ मन्दिर भक्तजनका लागि नखोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनुभयो ।
साउनको पहिलो सोमबार ५ गते पनि भक्तजनले पशुपति क्षेत्र बाहिर विभिन्न शिवालयमा पूजा आराधना गरेका थिए ।