सामाजिक सन्जालमा अनधिकृत पहुँच राखी लेख्ने किशोर पक्राउ

२६ पुष, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले भायानेट कम्युनिकेसन प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनधिकृत पहुँच राखी सामाजिक सन्जालमा लेख्ने एक किशोरलाई पक्राउ गरेको छ ।

प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ बस्ने करिब १७-१८ वर्षका किशोरलाई सोमबार बुटवलबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले ती किशोरले ‘नरपिचास’ नामबाट भायानेटको विद्युतीय संयन्त्रमा पहुँच राखी डाटा ब्रिच गरी ट्वीटर ह्यान्डल लगायत फेसबुक, इन्स्टाग्रामसमेतको माध्यमबाट स्क्रिप्ट सार्वजनिक गरेका थिए ।

उनले विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ बमोजिमको कसुर गरेको भन्दै जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय बुटवलसमेतको सहयोगमा पक्राउ गरिएको साइबर व्यूरोले जनाएकाे छ ।

[sidebar name="button post"]