सुनको मुल्यमा गिरावट, कति पुग्यो आज तोलामा?

२६ पुस, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मुल्य १ हजार ३ सयले घटेको छ ।

शुक्रबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोलामा १ हजार ३ सयले घटेर ९३ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोलामा ६० रुपैयाँले घटेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

[sidebar name="button post"]