पृथ्वी जयन्तीमा राष्ट्रिय विदा घोषणा गर्न माग

२५ पुष, काठमाडौं । विश्व हिन्दु महासंघले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएर राष्ट्रिय एकताको सन्देश अभिवृद्धि गर्न सबै नेपालीमा आग्रह गरेको छ ।

सो दिवस भब्य रुपमा मनाउन विभिन्न तयारीहरु भइरहेको महासंघले जनाएको छ । महासंघका महासचिव अस्मिता भण्डारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘उहाँको जन्म दिनलाई राष्ट्रिय पर्वका रुपमा हर्सोल्लासका साथ देशव्यापी रुपमा मनाउनको लागि नेपाल सरकारले राष्ट्रिय विदा घोषणा गर्नुका साथै उहाँको तस्वीर अंकित मुद्रा समेत प्रकाशित गर्न महासंघ नेपाल सरकार समक्ष माग गर्दछ ।’

[sidebar name="button post"]