तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

आजको तपाईंको राशिफल

आज मिति वि.सं. २०७७ साल पौष २५ गते । शनिबार । इ.स.२०२१ जनवरी ०९ तारिक । नेपाल संवत् ११४१ । पौष कृष्णपक्ष ।आज काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेटमा,सूर्यास्त १७ बजेर २४ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :

कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाइ लेखाइ तपाईँको आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रसङ्गबाट टाडै रहनुहोला प्रीय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :

एकल तथा साझेदारी व्यापार व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशि रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :

व्यापार व्यावसायमा लगानि बढाएर प्रसस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ। यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेको छ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउंदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईँको नाम रहेनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :

सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन्। तपाईंको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेममा धोका हुनेछ। घर परिवारमा आफन्त तथा पति पत्नी बीच मनमुटाब बढ्नेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धीहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :

आफुले प्रयोग गर्ने सवारी साधन प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । घर जग्गा तथा माटोसँग सम्बन्धीत कामबाट कही मात्रामा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरी मनग्गे लाभ लिन सकिनेछ । आमा वा आफन्तसँग टाडिएर टाढा यात्रा हुदा मन खिन्न हुनेछ । माया प्रेममा सामान्य मनमुटाबको सिर्जना नहोला भन्न सकिन्न ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :

समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो बर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य बृद्धी गर्न सकिने साथै दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुने हुँदा मन प्रशन्न हुनेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो,रमाईलो तथा उपलब्धीमुलक यात्रा हुने अधिक सम्भावना रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :

व्यवसायमा नाँफा कमाउन अरु दिन भन्दा बढि समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैंया पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईं आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रस्तुतिमा भाग लिंदा प्रशस्त तयारि गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारी बिना नै प्रस्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :

प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई हराउंदै अगाडी बढ्न सकिनेछ ।विभिन्न अवसरले पछ्याउने छन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशि हुनेछन् । सुन्दर तथा बिलाशी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :

स्वास्थको बिशेष ख्याल गर्नुहोला औषधी उपचार खर्च बढर जानेछ । आर्थिक अवस्था कमजोर हुने तथा खर्च बढेर जानेछ । आफन्त तथा साथिभाईहरुले खासै सहयोग गर्ने छैनन् । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । कामलाई दोहोर्याएर गर्नु पर्दा मानशिक तनाब बढ्नेछ । स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दी आउने भएपनि विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :

व्यापार व्यावासाय फस्टाएर जानेछ। धन आगमनको गतिलो योग रहेको छ । बैंक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :

सामाजिक तथा राजनितिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मिय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउंदै जानेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :

समयमा घर परिवार तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेकोछ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । तरपनि नाँफामुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जाने छ । धर्म सस्कृती तथा यस्तै क्रिर्याकलापमा दिन बित्ने योग रहेकोछ । अध्ययन तथा अध्यापनको शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिने छ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको आजको दिन शुभ रहोस् ।

[sidebar name="button post"]