Ad #144479

२४ पुष, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशको तराईका भू-भागमा बाक्लो कुहिरो लागेको जनाएको छ । दैनिकी मौसमी बुलेटिन अनुसार शुक्रबार आज चिसोका कारण कुहिरो लागेको महाशाखाले जनाएको हो ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले अहिले कुहिरो लागेपनि दिउँसोपछि घाम लाग्ने सम्भावना रहेको छ ।तर चर्को घाम भने लाग्ने सम्भावना छैन् । सुदूरपश्चिम र प्रदेश १ मा आज दिनभर बादल लाग्ने छ ।

रातिदेखि फेरि प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य बद्ली हुने सम्भावना छ । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने छ । यसैबीच काठमाडौं उपत्यकामा हिजोभन्दा आज चिसो बढेको छ ।

आज बिहान काठमाडौं । उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान काठमाडौंको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । दिउँसो फेरि घटेर ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । बादल हटेर आकाश खुलेकाले चिसो बढेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानक

पौष २४ गते (शुक्रबार)

दिउँसो :  प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति :  प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनि प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम आंशिक बदली रहनेछ ।

पौष २५ गते (शनिबार)

दिउँसो : प्रदेश १, प्रदेश नं २,  बागमती र गण्डकी प्रदेशमा आंशिक  देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १,  प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २६ गते (आइतबार)

दिउँसो : प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।