प्रहरी वृत्त, थानकोटका इन्सपेक्टर निलम्बनमा परे

२३ पुष, काठमाडाैं । महानगरीय प्रहरी वृत्त, थानकोटका इन्सपेक्टर निलम्बनमा परेका छन् । मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक अर्थात इन्सपेक्टर गायत्रीराज शर्मालाई प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गरेको हो ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एक अधिकृतका अनुसार सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमाथि छानविन थाल्न उनलाई निलम्बन गरिएको हो ।

थानकोटका प्रहरी नायब उपरीक्षक डीएसपी घनश्याम श्रेष्ठले गरेको रिपोर्टिङका आधारमा काठमाडौंका एसएसपी अशोक सिंहले शर्माविरुद्ध छानविन थालेका थिए । शर्मालाई निलम्बन गरिएसँगै छानविनका लागि छुट्टै समिति बनाउने तयारी छ ।

कलंकीमा भएको एक दुर्घटनामा अनुसन्धान प्रतिवेदन ढिला बुझाएर नियमित प्रक्रियालाई लम्ब्याएको अभियोग शर्मामाथि छ । त्यसवापत उनले हिरासतमा रहेका व्यक्तिका निकटस्थसँग रकम लिएको आरोप छ ।

[sidebar name="button post"]