Ad #144479

२१ पुष, काठमाडौं । उच्च वायु प्रदुषणका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान र अवतरण प्रभावित भएको छ । वायु प्रदुषणका कारण भिजिविलिटी कम भएपछि २० मिनेट विमानस्थलको सेवा बन्द भएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रमुख देव चन्द्रलाल कर्णका अनुसार कर्णका अनुसार मंगलबार दिउँसो १ः३० बजेदेखि १ः५० सम्म २० मिनेट विमानस्थल बन्द गरिएको हो ।

सो समयमा विमानस्थलबाट टेकअफ उड्ने अराइभल आगमन हुने दुबै तर्फका विमानहरुलाई आकाशमै होल्ड गराइएको थियो । जुन समयमा मलेसियाबाट नेपाल आउँदै गरेका फ्लाइट मालिनोसहित आन्तरिक ४ गरी ५ वटा उडान प्रभावित हुन पुगेका छन् ।

हवाई उडान तथा ल्यान्डिङका लागि न्यूनतम १ हजार २ सय मिटरको भिजिविलिटी आवश्यक रहेपनि मंगलबार एक हजार मिटर जतिको मात्र भिजिविलिटी रहेको थियो । जसका कारण उडानमा समस्या आएको हो ।

दिउँसो अधिकतम भिजिविलिटी कम भएकाले २० मिनेट विमानस्थल बन्द गरिएकोमा अहिले समान्य अवस्थामा फर्किएकाले उडान पुनः सुचारु भइसकेको कर्णको भनाइ छ ।